arrow

दशैं: कैदी बन्दीलाई खसी उपहार

logo
प्रेम रौले ।
प्रकाशित २०७३ असोज २२ शनिबार
hamrakuralogo-new.jpg.png
बाजुरा । जिल्ला कारागार बाजुरामा रहेका कैदी बन्दीहलाई दशै मनाउन खसी उपहार दिइएको छ । हिन्दुहरुको महान चाड बडादशैको अवसरमा खुसीयालीपूर्वक दशै मनाउन उपहार स्वरुप खसी प्रदान गरिएको पीसविनका अध्यक्ष लालबहादुर ओलीले बताए । 
 
कारागार शाखामा एक कार्यक्रमका बीच खसी उपहार प्रदान गरिएको हो । सामाजिक विकासमा सक्रिय पीसविनले कैदीबन्दीहरुलाई सामुहीक दशै तिहार मनाउन उपहार स्वरुप खसी प्रदान गरिएको हो । सामुहीक दशै मनाउने गरी खसी प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । कारागार शाखा बाजुरामा ३१ जना कैदी बन्दी रहेका छन् । विभिन्न किसीमका मुद्दाहरु लागेका उनीहरुले आफूहरुले पारिवारीक माहोलमा नै दशै मनाउने अवसर जुराई दिएकोमा खुसी व्यक्त गरेका छन् । 
 
कैदी नाइके मोती विकले दशैको महत्व र मानव अधिकारको विषयलाई ख्या गरेमा धन्यवाद दिएका छन् । सुधार गृहका रहेका बन्दीहरुको सिर्जनशिलता, क्षमतालाई स्थापीत गरीराख्न पनि चाडपर्व बिशेष कार्यक्रम गरीराख्न राम्रो हुने प्रमुख जिल्ला अधिकारीले बताए । बन्दीहरुलाई आत्मनिर्भरका कार्यक्रम, मासिक प्रवचन र योगा शिविर सुधार गृह भित्रै सञ्चालन गर्नु पर्ने मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष समेत रहेका लालबहादुर ओलीले बताए । 
 
कार्यक्रममा प्रहरी निरीक्षक हरिहर सुनार, जगदीस भट्ट पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावल, पत्रकार लगायत सहभागि रहेका थिए । कैदीहरुलाई १० हजार बराबरको बोका रेडियो बाजुराको समन्वय र पीसविन बाजुराको सहयोगमा प्रदान गरिएको हो ।
 
बन्दी मोहन विष्टले सञ्चालन गरेको कार्यक्रममा गणेश बोहरा, मोती विक लगायले स्वागत सहीत कारागारका समस्या बारे जानकारी गराएका थिए  । पुस्तकालय नभएको, मनोरञ्जनका साधनहरु नभएको अवस्था रहेको छ । कार्यक्रममा रेडियो बाजुराका स्टेशन प्रबन्धक तुलाराम जैशी एमाले नेता विनोद विक, पत्रकार महासंघ सचिव कृष्ण ओली पत्रकार प्रेम विक लगायतको सहभागि रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ