arrow

शेयर बजारमा रौनक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
bull-stock-nepse-share.jpg

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से सूचक १६‍.४९ अंकले बढेर १९५९‍.१२  विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दोहोरो अंकले बढेको हो । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता शेयर बजारमा रौनक छाएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ