arrow

मोदी अष्ट्रेलियामा, समकक्षी अल्बानीजसँग भेट्दै

भारतीय समुदायका प्रतिनिधिहरूलाई भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
modi-aus.JPG

काठमाडौं ।  अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज सिड्नीमा भारतीय समुदायका प्रतिनिधिहरूलाई भेट्दै छन् ।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गर्दै प्रधानमन्त्री मोदी दोस्रो अष्ट्रेलिया भ्रमणका क्रममा जीवन्त सहर सिड्नी पुगेका बताएका छन् । 

आगामी दुई दिनमा उनले अष्ट्रेलियाका नेताहरू, व्यवसायी समुदायका सदस्यहरूसँग भेटघाट गर्ने र भारतीय समुदायलाई पनि सम्बोधन गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।  अल्बानीजसँग मोदीको द्विपक्षीय भेट बुधबार २४ मेमा हुनेछ।

उनीहरूको द्विपक्षीय भेटमा बृहत् आर्थिक सहयोग सम्झौतामार्फत दुई देशबीचको व्यापारलाई बढवा दिने प्रयासलगायत व्यापार र लगानीका विषयमा छलफल गर्ने बताइएको छ । 

प्रधानमन्त्रीको संलग्नताबारे सञ्चारकर्मीलाई जानकारी दिँदै परराष्ट्र सचिव विनय क्वात्राले द्विपक्षीय सम्बन्धका सबै विषयमा समाजमा सद्भाव र दुवै समाजको सुरक्षालगायतका विषयमा छलफल हुने बताए । 

मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ