arrow

पपुवा न्यूगिनीको भ्रमण सकेर प्रधानमन्त्री मोदी अल्बानीजसँग वार्ता गर्न सिड्नीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
narendra-modi-sydney.jpg

सिड्नी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यूगिनीको भ्रमण सकेर सिड्नी आइपुगेका छन् । सिड्नी आइपुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए। 

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनीहरूको द्विपक्षीय भेटमा बृहत् आर्थिक सहयोग सम्झौतामार्फत दुई देशबीचको व्यापारलाई बढावा दिने प्रयासलगायत व्यापार र लगानीका विषयमा छलफल गर्ने बताइएको छ । 

त्यसैगरी दुई देशका जनस्तरको सम्बन्ध, नवीकरणीय ऊर्जा एवं सुरक्षा सहयोगलाई थप मजबुत बनाउने विषयमा पनि छलफल केन्द्रित हुने अष्ट्रेलिया सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

भ्रमणका क्रममा भारतीय डायस्पोराका सदस्यहरूले ‘भारत माता की जय’ र ‘वन्दे मातरम’ भन्दै प्रधानमन्त्री मोदीलाई  स्वागत गरेका थिए । दुई देशका प्रधानमन्त्रीहरूले सिड्नीमा भारतीय डायस्पोराहरूले आयोजना गर्ने बहुसांस्कृतिक कार्यक्रममा भाग लिनेछन् । 

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले नयाँ दिल्लीमा सेप्टेम्बरमा आयोजना हुन लागेको आर्थिक सहयोगका लागि विश्वको प्रमुख मञ्च जी–२० का नेताहरूको शिखर सम्मेलन भारत भ्रमण गर्न उत्सुक रहेको पनि बताएका छन् । 
 
पपुवा न्यूगिनीको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री मोदीले आज आफ्ना समकक्षी जेम्स मारापेसँग संयुक्त रूपमा फोरम फर इन्डिया प्यासिफिक आइल्याण्ड्स कोअपरेसनको तेस्रो शिखर सम्मेलनमा भाग लिएका थिए । 

यसअघि उनले जापानमा आयोजित जी–७ उन्नत अर्थतन्त्रको शिखर सम्मेलनमा भाग लिनुका साथै विश्वका थुप्रै नेताहरुसँग द्विपक्षीय भेटघाट गरेका थिए । हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनको छेउमा क्वाड शिखर सम्मेलन पनि आयोजना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ