arrow

बढ्यो शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार ८.१० अंकको बढोत्तरी भएर नेप्से परिसूचक १८९१.३१ को विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिनको तुलनामा भने सोमबार कारोबार रकम घट्न पुगेको छ । सोमबार शेयर बजारमा ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआईसी एसिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बिमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सोमबार शेयर बजार बढेसँगै आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सोमबार पनि सर्किट लागेको छ । युनिलिभर नेपाल लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, सामुदायिक लघुवित्त, मायाखोला हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ