हिरासतमा रहेको तेह्रौं दिनमा पति बालकृष्णलाई भेट्न पुगिन् पत्नी मञ्जु
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
1.4k
Shares
काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति बालकृष्ण खाँडलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् ।
सोमबार बिहान सांसद मञ्जुले टेकुस्थित परिसरमा श्रीमान् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्णलाई भेटेकी हुन् ।
गत २७ बैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी हुन् । उनी पक्राउको १३ औं दिनमा मात्रै भेट्न पुगेकी हुन् ।
उनीमाथि पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा आवद्धताको शंका गरिएको छ ।