arrow

बलात्कारको मुद्दामा सन्दीपको पक्षले पेस गरेको कागजातमा विवाद, फेरि मागियो प्रमाण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
sandeep-lamichhane-100-wkt.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कारको आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ टरेको छ । आइतबार हुनुपर्ने अन्तिम सुनुवाइका क्रममा सन्दीपका कानून व्यवसायीले शुरुदेखि नै उठाएको उमेर विवादमा फेरि प्रमाण बुझ्ने आदेश अदालतले गरेको छ ।  

न्यायाधीश फडिन्द्रनाथ पराजुलीको इजलासले उमेर सम्बन्धी प्रमाण फेरि बुझ्ने आदेश दिएको हो । सन्दीप पक्षले पुर्पक्षको बहसदेखि नै मुद्दाको जाहेर दिने पीडित नाबालिग नरहेको दाबी गर्दै आएको छ । 

सन्दीपका कानून व्यवसायीले पीडितको जन्म मिति २०६१ असार १८ गते रहेको दाबी गरेका थिए । जसअनुसार पीडितको उमेर घटना हुँदाको समय (२०७९ भदौ ५) मा १८ वर्ष पुगिसकेको देखिन्छ ।

पीडित जाहेरवाला पक्षले सन्दीपका कानून व्यवसायीले पेस गरेको जन्म मितिको प्रमाणलाई अस्वीकार गर्दै आएका छन् । 

सन्दीप पक्षका कानून व्यवसायीहरु उमेरमै अल्झिँदा शंका आशंकाहरु बढ्दै गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ