arrow

सन्दीप विरुद्धको बलात्कार मुद्दा पराजुलीको इजलासमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
sandeep-lamichhane-100-wkt.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइका लागि न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको छ । उक्त मुद्दा पेसी सूचीको दशौँ नम्बरमा रहेको छ ।

पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि विभिन्न कारणले सुनुवाइ स्थगित भएकामा आज पनि अन्तिम सुनुवाइ हुनेमा शंका छ । 

यसअघि बैशाख ११ गते न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानून व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।

सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष भदौ ५ गते पटकपटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।

२३ गते काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । उनी त्यो बेलामा क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेस्ट इन्डिजमा रहेका थिए । तर उनी असोज २१ गतेमात्र नेपाल फर्केका थिए । सोही समयमै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ