arrow

ऊ राष्ट्रपति गए [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
rastrapati car.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज राष्ट्रपति कार्यालय शीतल निवासबाट संसद भवन नयाँ बानेश्वर गए । यसअघिका राष्ट्रपतिले जस्तो सडक बन्द गराएर, लामो समयसम्म सवारीलाई आवत जावत गर्न रोकेर उनले जाने इच्छा गरेनन् । 

उनले यसअघिदेखि नै अपउनाउँदै आएको जनतालाई सडकमा कम भन्दा कम दुःख दिने लक्ष्य राख्दै आएकामा आज पनि त्यसै गरे । सडकमा सवारी बन्द गराएनन् । ट्राफिकले सडकमा गाडीहरु रोकेन । केही व्यवस्थापनमात्र गर्यो र राष्ट्रपति सहज मान्दै संसद भवन पुगे । 

सार्वजनिक यातायातमा भएकाहरुले नजिकैबाट राष्ट्रपति गएको देखे । एक बालकले चिच्याउँदै भने, ‘ऊ राष्ट्रपति गए’ । नजिकैबाट राष्ट्रपति जाँदा उनी बिजुलीबजारमा चिच्याउन पुगेका थिए । 

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन गएका हुन् । तस्बिरहरु माइतीघरदेखि बानेश्वर संसद भवनसम्मका हुन् । 

IMG_6746.jpg
IMG_6714.jpg
IMG_6729.jpg
IMG_6696.jpg
IMG_6733.jpg
IMG_6737.jpg
IMG_6723.jpg
IMG_6717.jpg
IMG_6705.jpg
IMG_6742.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ