arrow

डा.दिलजानले बाडे गरिब तथा विपन्नलाई कपडा

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
helpbeing.jpeg
काठमाडौँ। दसैंको मुखमा डा.दिलजान सन्सूरले काठमाण्डौको जडिबुटी बागमती पुल पारीका गरिब तथा विपन्न परिवारलाई  लत्ता कपडा वितरण गरेका छन्। 
 
बुधबार डा.उनले बिइङ होमो सेपिन्सको नामबाट गरिब तथा विपन्न परिवारलाई कपडा वितरण गरेका हुन्। उनले लगभग २५० देखि ३०० जति घर परिवारलाई कपडा वितरण गरेको मिडिया एनपीलाई जानकारी दिए।
 
डा.दिलजान तथा उनका टिमले एक हप्ताको अभियानमा विभिन्न ठाउँ र व्यक्तिहरुबाट गरिबहरुका लागि कपडाहरु जम्मा गरेर बुधबार बाड्न सफल भएका छन्। 
 
यसअघि समाज सेवाको लागि आफ्नो गाउँको पुर्ख्यौली घर समेत बेचेका थिए।पेसाले डाक्टर भएता पनि मनले समाज सेवा नै गर्न रुचाउने उनले बताए। डा.राष्ट्रियमा मात्र नभइ अन्तराष्ट्रियमा पनि आफ्नो मिजासिलो तथा समाजसेवि भावले उतिकै प्रख्यात छन्।
 
दशैंको आगमनसँगै उनले काठमाण्डौको जडिबुटी बागमती पुल पारीका गरिब तथा विपन्न परिवारलाई बुधबार केहि कपडा वितरण गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ