arrow

राष्ट्रपतिकी सुपुत्री सन्देश लिएर बस्नेत निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं  । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलकी सुपुत्री अवज्ञा पौडेल सन्देश लिएर पुरुषोत्तम बस्नेतको निवासमा पुगिन् । उनी प्रजातन्त्रका सेनानी, जननायक बिपी कोइराला स्मृति ट्रष्टका संस्थापक तथा कोषाध्यक्ष बस्नेतको निधनप्रति राष्ट्रपतिबाट व्यक्त  दुःखको शोक सन्देश लिएर पुगेकी हुन् । 

राष्ट्रपतिबाट प्राप्त शोक सन्देश आइतबार स्व बस्नेतको परिवारजन समक्ष उनको निवास सिफल हाइटमा वाचन गरिएको थियो । उक्त सन्देश लिएर राष्ट्रपतिकी सुपुत्री अवज्ञा र प्रेस सल्लाहकार किरण पोखरेलसहितका अन्य उच्च अधिकारीको उपस्थिति थियो ।

राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत बस्नेतको आत्माको चीर शान्तिको कामना गर्दै शोक-सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको ट्रष्टले जनाएको छ । सोलुखुम्बुमा जन्मेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका बस्नेत एक निष्ठावान र इमानदार राजनीतिकर्मीका रूपमा परिचित भएको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

विसं २०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरङ्कुश तानाशाही व्यवस्था लादिएपछि त्यसका विरुद्धमा कलिलै उमेरबाट बस्नेतले आफूलाई होमिएका थिए । 

लामो समयसँगै जेलमा सँगै बसेका दिनहरू सम्झँदै राष्ट्रपतिले गणतन्त्र सुदृढिकरण, प्रजातान्त्रिक मूल्यमान्यताको विकास र प्रेस स्वतन्त्रतालाई मूल मुद्दा बनाएर बस्नेतले संविधानसभामा गर्ने बहस स्मरणीय रहेको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ