arrow

विकासका निम्ति सीको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
xi-jinping-china-brics.jpg

चीन ।  चीनका राष्ट्रपति सी चिनफिङले बुधबार सियाङआन नयाँ क्षेत्रको विकासमा निरन्तर प्रगति हासिल गर्न ठोस कदम चाल्दै आत्मविश्वासलाई बलियो बनाउनका निम्ति दृढ संकल्पित हुन आह्वान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले उत्तरी चीनको हेबेई प्रान्तको सियाङआनको निरीक्षण र त्यसको विकास प्रवर्द्धनसम्बन्धी बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गरेका हुन् ।

राष्ट्रपति सीको साथमा प्रधानमन्त्री ली छ्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव काइ छ्याङ र उपप्रधानमन्त्री दिङ सुएङयाङ पनि  सहभागी थिए । ली, काई र दिङ सबै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ