arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्व गृहमन्त्री खाँड पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
balkrishna-khand-final2.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन्। 

प्रहरीले अनुसन्धानको लागि भन्दै पूर्व गृहमन्त्री खाँड र उनका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । 

आफ्नै निवास मैजुबहालबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाँडलाई महानगरीय प्रहरी परिसर, टेकु लगिएको छ ।

खाँड गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेले खाँणको नाम पनि लिएपछि उनी पक्राउ परेका हुन् । 

पाण्डेलाई खाँडले रोजेर गृह सचिव बनाएका थिए । अहिले उनीसहित दश जना हिरासतमा रहेका छन् ।  

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।  

खाँडकी श्रीमती मञ्जु खाँड र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो संवादसमेत यसअघि सार्वजनिक भइसकेको छ ।

शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाँडकी श्रीमती मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको पोलेका छन् । 

खाँडले यसअघि विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका थिए । त्यस्तै प्रहरीलाई सघाउने  बताएका थिए । 

यता एक साताअघि पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ