arrow

कानूनविद्लाई राष्ट्रपतिले बोलाए शितल निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज कानूनविदहरुलाई छलफलका लागि बोलाएका छन् । गत भदौबाट रोकिएको नागरिकता विधेयकका विषयमा छलफल गर्न राष्ट्रपतिले कानूनविदहरुलाई बोलाएका हुन् । 

छलफल दिउँसो १ बजे राष्ट्रपति कार्यालय शितल निवासमा बस्ने बताइएको छ ।  तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले पारित गरेर पठाएको नागरिकता विधेयक रोकेकी थिइन् । 

त्यही विधेयक माथि राष्ट्रपतिले कानूनविदसँग परामर्श थालेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ