arrow

डब्ल्यूएचओले संकटकाल अन्त्य गरेको अर्को दिन नेपालमा थपिए ७६ संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
nepal-corona-virus.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाजन्य संकटकाल अन्त्यको घोषणा गरेको अर्को दिन नेपालमा ७६ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो । 

हाल पीसीआर परीक्षणका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । काठमाडौंका अस्पतालमा संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् । 

यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ