arrow

अस्ट्रेलियाको हिन्दू मन्दिरमा तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
tempel-austrilla.JPG

काठमाडौं । अस्ट्रेलियामा खलिस्तान समर्थकहरू फेरि हिन्दू मन्दिरमा आक्रमण गरेका छन् । 

शुक्रबार बिहान पश्चिमी सिड्नीको रोजहिल उपनगरमा रहेको बाप्स स्वामीनारायण मन्दिरमा खलिस्तान समर्थकहरूले आक्रमण गरेका हुन्। 

स्वामीनारायण मन्दिरमा तोडफोड गर्दै खलिस्तान समर्थकहरूले मन्दिरको गेटमा खालिस्तानको झण्डा झुण्डाएर विरोध जनाएका छन् ।

यस्तै जनवरी १२ मा मेलबर्नको स्वामीनारायण मन्दिरलाई समाज विरोधी तत्त्वहरूले भारत विरोधी भित्तिचित्र लगाएर विकृत गरेका थिए। हिन्दू मन्दिरहरूमा भएको आक्रमणको भारतले बारम्बार निन्दा गरेको छ र अष्ट्रेलिया सरकारसँग मुद्दा उठाएको छ।

यसअघि अस्ट्रेलियाको ब्रिस्बेन सहरमा श्री लक्ष्मी नारायण मन्दिरमा तोडफोड भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ