प्राविधिक शिक्षालयको सम्भाव्यता अध्ययन टोली पुनर्वासमा
दीपेन्द्र बस्नेत,
प्रकाशित २०८० वैशाख १९ मंगलबार
924
Shares
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा बन्ने भनिएको प्राविधिक शिक्षालयको लागि सम्भाव्यता अध्ययनका लागि गठित टोलीद्वारा कञ्चनपुरको पुनर्वासस्थित पैँसठ्ठी बिगाहा क्षेत्रमा मंगलबार निरीक्षण गरिएको छ ।
संविधान सभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय दिवानसिंह बिष्टको पहलमा उक्त अध्ययन टोलीले पुनर्वासस्थित पैंसट्ठी बिगाहाको निरीक्षण गरेको हो ।
टोलीमा संविधान सभा सदस्य दिवनसिंह बिष्ट, सम्भाव्यता अध्ययन टोलीका संयोजक गेटा मेडिकल कलेजका निर्देशक हेमराज ओझा, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल शिक्षा ईकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिपकराज कलौनी, जिल्ला समन्वय समिति कैलालीका निमित्त प्रमुख खगराज भुसाल र नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले उक्त क्षेत्र निरीक्षण गरेका हन् ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित उक्त खाली जग्गाको भोगाधिकार राष्ट्रिय आवास कम्पनीको रहेको छ ।