arrow

एसिया कप नेपालमा खेलाउन पहल गर्न प्रधानमन्त्रीलाई रवि लामिछानेको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
prachanda-ravi.JPG
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एसिया कप क्रिकेटका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेकोमा बधाइ दिँदै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप नेपालमा खेलाउन पहल गर्नुपर्ने जनाएका हुन् । 

‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भनेका छन, ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएकोमा समूह चरणका खेलहरू नेपालमा गराउन सरकारबाट पहल थालियोस्। प्रमको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुन सक्दछ।’ 

नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेपछि एसिया कपमा छानिएको हो । नेपालले पहिलो पटक एसिया कप खेल्ने अवसर गुम्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै रास्वपा सभापति लामिछानेले नेपालमा एसिया कप गराउन पहल गर्न आग्रह गरेका हुन् । 

आगामी सेप्टेम्बरमा एसिया कप पाकिस्तानमा हुने भनिएको छ । तर भारत पाकिस्तानमा जाने सम्भावना कम रहेको परिस्थिति औँल्याउँदै लामिछानेले प्रचण्डलाई जेठ मध्यपछि भारतमा हुने भनिएको भ्रमणका क्रममा यो एजेन्डालाई पनि समेट्न आग्रह गरेका हुन् । 

यसअघि सन् २००२ मा पनि नेपाल एसिया कपमा छानिएकामा खेल्न भने पाएको थिएन । भारत र पाकिस्तानबीच कारगिल युद्ध चलिरहँदा सन् २००२ मा छानिएका नेपाल र यूएईले खेल्न पाएका थिएनन् । 

नेपालले रच्यो इतिहास, एसिया कपमा छनोट, यूएईलाई ७ विकेटले हराउँदै प्रिमियर कप जित्न सफल 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ