arrow

घटेर आयो इन्धनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
petroleum.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको छ । 

उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ । 

हरेक १५र१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गर्दछ । जसअनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो ।  भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने नेपाली बजारमा भाउ घटाउने वा नघटाउने भनेर निर्णय गरिसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ