arrow

संस्थापक शेयर लिलामी गर्दै कुमारी बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
kumari-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कुमारी बैंकले मंगलबार आफनो संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामी गर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले यस लिलामी सेयरमा आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । यसमा कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने हुन्छ । लिलामी सेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे खोलिनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ