arrow

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
ramchandra-poudel-india-patient.jpg

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत रहेका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रपति पौडेल आइतबार सम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने पनि दूतावासले उल्लेख गरेको छ ।

“सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो । राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले आइतबार सम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्”, विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ