arrow

पाँच हजार बढी मतले उपेन्द्र विजयी

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८० वैशाख १३ बुधबार
upendra-yadav-2080-01-13.jpg

वीरगञ्ज । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । 

अन्तिम मतपरिणाम अनुसार यादवले  जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई  पाँच हजार बढीले पछि पार्दै जितेका हुन् । 

यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् । 

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । 

उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ