arrow

मत गन्न बाँकी घट्दै, उपेन्द्रसँग शिवचन्द्र मतान्तर घटाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
byelection-bara2-candidates.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् ।

यसअघि करिब पाँच हजार मतले पछि परेका कुशवाहाले अहिले मतान्तर घटाएका छन् ।

ताजा मतपरिणामअनुसार यादव कुशवाहाभन्दा २७६३ मतले मात्रै अघि रहेका छन् । यादवले २१ हजार ४४६ पाउँदा जनमतका कुशवाहाले १८ हजार ६८३ मतका साथ पछ्याइरहेका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ६२७६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४६६ मत ल्याएका छन् ।

बारामा १ लाख ५ हजार २९८ जना मतदाता रहेता पनि ६८ हजार ८८७ मतदान भएको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ