arrow

कस्तो छ राष्ट्रपति पौडेललाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
ramchandra-poudel-india-patient.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

उनी हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा भर्ना भई उपचाररत छन् । 

राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भए पनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहेको खबर साथमा रहेका परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ