arrow

रवि ३७ हजार मत माथि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
upamayor-election-chitwan 1.jpg

काठमाडौं । नागरिकता विवादका कारण प्रतिनिधि सभा सदस्य पद गुमाएका रवि लामिछाने यस पटक पनि भारी मतका साथ विजयी हुने निश्चित भएको छ । 

चितवन निर्वाचन क्षेत्र २ को पछिल्लो मतपरिणाम अनुसार रविले ४५ हजार ८४२ मत पाएका छन् । उनले मङ्सिर ४ को मतान्तरभन्दा अझ बढी अन्तरले जित हासिल गर्दै विजयी हुने निश्चित भएको हो । 

गत मङ्सिर ४ मा भन्दा वैशाख १० मा १० हजार मत कम खसेको भए पनि रवि भने मङ्सिर ४ को भन्दा निकटतम प्रतिस्पर्धी भन्दा बढी मतान्तरले विजयी हुनेछन् । ७८ हजार २७७ मत खसेकामा रविले ४५ हजार ८४२ मत ल्याएका छन् । 

दोस्रो स्थानका उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ८ हजार ४२५ मत ल्याएका छन् । 

लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३७ हजार ४१५ मतको फराकिलो मतान्तरले अगाडि छन् ।

नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ३२९ मत मात्र ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ