arrow

उपेन्द्रले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
bara-byelection-upendra-shiva-purushottam.jpg

काठमाडौं  ।  प्रतिष्ठाको लडाइ लडिरहेका जसपा अध्यक्ष उपेन्द्र यादवले  मतान्तर बढाएका छन् ।

 बारा क्षेत्र नम्बर २ मा जारी मतगणनामा  यादव जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा भन्दा ३ हजार ९७२ मतले अगाडि रहेका छन् । 

यादवले ११ हजार ४३५ मत पाउँदा  जनमतका कुशवाहाले ७ हजार ४६३ मत ल्याएका छन् ।

एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् । उनले जम्मा ४ हजार २१५ मत पाएका छन् । 

गत मङ्सिरको निर्वाचनमा यादव जनमतका अध्यक्ष सीकै राउतसँग पराजित भएका थिए । यो निर्वाचन उनको प्रतिष्ठाको लडाइ हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ