arrow

रविले साढे ४१ हजार मत पाउँदा जीत र रामको कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
upamayor-election-chitwan 1.jpg

काठमाडौं । गठबन्धनले आफ्नो दाबी गरेको चितवन २ मा मतगणना जारी छ । 

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ४१ हजार ५०४  मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६१५ मत पाएका छन् । दुवैबीच ३३ हजार ८ सय ८९ मतको अन्तर छ ।

मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सोही स्थानबाट विजयी बनेका लामिछाने यस पटक अझ बढी मतका फराकिलो अन्तर बनाउने तर्फ लागेका छन् ।  

रवि नेपाली कांग्रेसको उमेश श्रेष्ठभन्दा तेब्बर बढी मतले निर्वाचित भएका थिए । 

साथै एमाले उम्मेदवार रामप्रसाद न्यौपाने त्स्रो स्थानमा रहेका छन् ।  उनले ७ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ