arrow

रविले कटाए ४० हजार, कांग्रेसका जीतलाई ३३ हजार मतले उछिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
byelection-chitwan2-2080.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार मत कटाएका छन् । चितवन क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार लामिछानेले  ४० हजार ६९ मत प्राप्त गरेका छन् । 

मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सोही स्थानबाट विजयी बनेका लामिछाने यस पटक अझ बढी मतका फराकिलो अनन्तर बनाउने तर्फ लागेका छन् ।  रवि नेपाली कांग्रेसको उमेश श्रेष्ठभन्दा तेब्बर बढी मतले निर्वाचित भएका थिए । 

लामिछानेले निकटतम प्रतिस्पर्धीलाई करिब ३३ हजार मतले उछिनेका छन् । लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ