arrow

उपेन्द्र पछाडि, शिवचन्द्र लागे अगाडि

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-bara2-candidates.jpg

बारा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको उपनिर्वाचनमा बारा २ मा मतगणना जारी रहँदा जसपाका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । 
जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा अगाडि लागेसँगै शुरुआती अग्रता लिएका उपेन्द्र पछि परेका हुन् । 

शिवचन्द्रले ८९५ मत पाउँदा उपेन्द्रले ७८७ मतमात्र पाएका छन् । 

एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् । उनले ५२३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने निकै पछि छन् । तनहुँ र चितवनमा रास्वपा अगाडि हुँदा यो क्षेत्रमा भने रास्वपा प्रतिस्पर्धामै देखिएको छैन । 

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि यादव र कुशवाहाबीच टक्कर भइरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ