arrow

रवि दोब्बर मतले अगाडि, रामप्रसाद परे पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-chitwan2-2080.jpg

चितवन । उपनिर्वाचन अन्तर्गत चितवन २ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले अग्रता बढाएका छन् । शुरुआतमा पछि परेका रवि दोस्रो चरणमा निर्वाचन कार्यालयले विवरण दिँदा रविले निकटम प्रतिस्पर्धी भन्दा करिब दोब्बर मतले अगाडि छन् । 

रविले १ हजार १५५ मत ल्याउँदा दोस्रो स्थानका एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मतमात्र पाएका छन् । 

राति ११ बजे नै मतपत्र जम्मा गरिसकेको भए पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी नभएपछि सर्वदलीय बैठक बस्न सकेको थिएन । यसअघि आइतबार कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको धाँधली र प्रजीअले सघाएको भन्दै उजुरी दिएको थियो । 

निर्वाचन कार्यालयले रविलाई पत्र पठाइसकेको छ भने रविले पनि जवाफ पठाइसकेका छन् । उनले सर्वदलीय बैठकमा आफू राजनीतिमा भर्खर भर्खर आएकाले धेरै कुरा थाहा नभएको भन्दै माफी मागेपछि सहमति बनेसँगै मतगणना भइरहेको हो । 

यसअघि यो क्षेत्रमा रवि नै निर्वाचित भएका थिए । तर नागरिकता विवादमा परेपछि उनको सांसद पद गुमेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ