arrow

स्वर्णिम अगाडि, गोविन्द निकै पछि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-tanahu1-2080.jpg

तनहुँ । उपनिर्वाचन अन्तर्गत तनहुँ १ को मतगणना जारी रहेको छ । ६३ हजार ७५७ मत खसेकामा मतगणना तीव्र गतिमा भइरहेको छ । 

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले निकै अगाडि रहेका छन् । स्वर्णिमले १५ हजार ९५८ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार ११३ मत मात्रै पाएका छन् । 

तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार १६६ मतमात्र पाएका छन् । 

त्यहाँ जम्मा दुई ठाउँमा मात्र मतगणना भइरहेको छ । छिटो मतगणना सकाउन थप केही मतगणना क्षेत्र बढाउनु पर्नेमा जोड दिइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ