arrow

चितवनमा रामप्रसादले अग्रता लिँदा रवि दोस्रोमा, जीत निकै पछि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-chitwan2-2080.jpg

चितवन । उपनिर्वाचन अन्तर्गत चितवन २ को मतगणना २ बजेपछि शुरु भएको छ । ढिला गरी शुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार हातिबाङको ९७१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो स्थानमा रहेका छन् । रविले ३१९ मत ल्याएका छन् । 

नेकपा एमालेका रामप्रसाद न्यौपाने भने ३६७ मतसहित अगाडि रहेका छन् । 

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मतमात्र पाएका छन् । 

राति ११ बजे नै मतपत्र जम्मा गरिसकेको भए पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी नभएपछि सर्वदलीय बैठक बस्न सकेको थिएन । यसअघि आइतबार कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको धाँधली र प्रजीअले सघाएको भन्दै उजुरी दिएको थियो । 

निर्वाचन कार्यालयले रविलाई पत्र पठाइसकेको छ भने रविले पनि जवाफ पठाइसकेका छन् । उनले सर्वदलीय बैठकमा आफू राजनीतिमा भर्खर भर्खर आएकाले धेरै कुरा थाहा नभएको भन्दै माफी मागेपछि सहमति बनेसँगै मतगणना भइरहेको हो । 

यसअघि यो क्षेत्रमा रवि नै निर्वाचित भएका थिए । तर नागरिकता विवादमा परेपछि उनको सांसद पद गुमेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ