arrow

मतान्तर बढाउँदै उपेन्द्र, शिवचन्द्र पछ्याउँदै  

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० वैशाख ११ सोमबार
bara-byelection-upendra-shiva-purushottam.jpg

बारा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको उपनिर्वाचनमा बारा २ मा मतगणना शुरु भएको छ । शुरुआती परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव अगाडि रहेका छन् । उनले ५१३ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा रहेका छन् । उनले ४८७ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् । उनले ४१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २०० मतसहित चौथो स्थानमा छन् । निर्धारित समय भन्दा ढिला गरी मगगणना शुरु भएको हो । 

बिहान ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको थियो । तर दलका प्रतिनिधि आउन ढिला भएपछि डेढ घण्टा ढिला गरी मतगणना भइरहेको हो । 

यसअघि हिजो राति नै मतगणना शुरु गर्नका लागि सर्वदलीय बैठक बस्ने भनिए पनि हावाहुरीका कारण बैठक बस्न सकेको थिएन । 

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि यादव र कुशवाहाबीच टक्कर हुने अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ