arrow

चितवन २ को मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-chitwan2-2080.jpg

चितवन । उपनिर्वाचन अन्तर्गत चितवन २ को मतगणना २ बजेपछि शुरु भएको छ । बिहान दुई घण्टा लगाएर बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको भए पनि दलका प्रतिनिधिहरु समयमा नआउँदा ढिला गरी शुरु भएको हो । 

राति ११ बजे नै मतपत्र जम्मा गरिसकेको भए पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी नभएपछि सर्वदलीय बैठक बस्न सकेको थिएन । 

यसअघि हिजो कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको धाँधली र प्रजीअले सघाएको भन्दै उजुरी दिएको थियो । तर अहिले भने सहमति भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ