arrow

बारामा उपेन्द्र अगाडि, शिवचन्द्र र पुरुषोत्तमबीच प्रतिस्पर्धा, रमेश निकै पछि 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० वैशाख ११ सोमबार
bara-byelection-vote-count.jpg

बारा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको उपनिर्वाचनमा बारा २ मा मतगणना शुरु भएको छ । शुरुआती परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव अगाडि रहेका छन् ।  ६०७ मत गनिसक्दा उनले २२४ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा रहेका छन् । उनले १७० मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् । उनले १६६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ८० मतसहित चौथो स्थानमा छन् ।  निर्धारित समय भन्दा ढिला गरी मगगणना शुरु भएको हो । 

बिहान ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको थियो । तर दलका प्रतिनिधि आउन ढिला भएपछि डेढ घण्टा ढिला गरी मतगणना भइरहेको हो । 

यसअघि हिजो राति नै मतगणना शुरु गर्नका लागि सर्वदलीय बैठक बस्ने भनिए पनि हावाहुरीका कारण बैठक बस्न सकेको थिएन । 

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि यादव र कुशवाहाबीच टक्कर हुने अनुमान गरिएको छ । 

उपनिर्वाचनअन्तर्गत हिजो सम्पन्न मतदानमा ६६ हजार ७३८ मत खसेको थियो । यहाँ कुल एक लाख ५ हजार २४८ मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ