arrow

शुरु भयो बाराको मतगणना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-bara2.jpg

बारा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको उपनिर्वाचनमा बारा २ मा मतगणना शुरु भएको छ । निर्धारित समय भन्दा ढिला गरी मगगणना शुरु भएको हो । 

बिहान ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको थियो । तर दलका प्रतिनिधि आउन ढिला भएपछि डेढ घण्टा ढिला गरी मतगणना भइरहेको हो । 

यसअघि हिजो राति नै मतगणना शुरु गर्नका लागि सर्वदलीय बैठक बस्ने भनिए पनि हावाहुरीका कारण बैठक बस्न सकेको थिएन । 

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच टक्कर हुने अनुमान गरिएको छ । 

एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेलबीच टक्क पनि मैदानमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ