arrow

डेढ घण्टा ढिला गरी शुरु हुँदै बारामा मतगणना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
bara-byelection-counting.jpg

बारा । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ को मतगणना दिउँसो साढे १२ बजेदेखि थालिने भएको छ । बिहान सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजेबाट गनिने टुंगो लगाइएको भए पनि सबै दलका प्रतिनिधि आइनसेका कारण डेढ घण्टा गरी ढिला शुरु गर्न थालिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाइएको छ । मतगणना स्थलमा तारजाली तथा सीसी क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए ।

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच टक्कर हुने अनुमान गरिएको छ । 

एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेलबीच टक्क पनि मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ