arrow

तनहुँमा स्वर्णिम दोब्बर बढी मतले अगाडि, चितवन र बारामा मतगणना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-tanahu1-2080.jpg

काठमाडौं । उपनिर्वाचन अन्तर्गत तनहुँ १ को मतगणना जारी रहेको छ । ६३ हजार ७५७ मत खसेकामा १६ हजार ३४३ मत गणना भइसकेको छ । 

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले निकै अगाडि रहेका छन् । स्वर्णिमले ९ हजार २०२ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मत मात्रै पाएका छन् । 

तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४३० मतमात्र पाएका छन् । 

त्यहाँ जम्मा दुई ठाउँमा मात्र मतगणना भइरहेको छ । छिटो मतगणना सकाउन थप केही मतगणना क्षेत्र बढाउनु पर्नेमा जोड दिइएको छ । 

चितवन २
चितवन २ मा मतगणना भने हुन सकेको छैन । अहिले सर्वदलीय बैठक बसिरहेको छ । यो बैठकले जे निर्णय गर्छ सोही अनुसार गणना हुनेछ । 

राति ११ बजे नै मतपत्र जम्मा गरिसकेको भए पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी नभएपछि सर्वदलीय बैठक बस्न सकेको थिएन । 

अहिले सर्वदलीय बैठक बसिरहेको भए पनि यसअघि नेपाली कांग्रेसले हिजो दिइएको उजुरीको सुनुवाइ भएपछिमात्र मतगणना गर्नुपर्ने बताएको छ । 

हिजो कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको धाँधली र प्रजीअले सघाएको भन्दै उजुरी दिएको थियो । 

बारा २
बारा २ मा ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको छ । 

यसअघि हिजो राति नै मतगणना शुरु गर्नका लागि सर्वदलीय बैठक बस्ने भनिए पनि हावाहुरीका कारण बैठक बस्न सकेको थिएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ