arrow

चुनावमा प्रहरीले धाँधली गरेको पुरुषोत्तमको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
purushottam-poudel-uml.jpg
तस्बिर – फाइल ।

बारा । बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई बुथ लगायतका बुथहरुमा प्रहरीका सई र असइ नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नांगो रुपमा देखिइरहेको बताएका छन् ।

उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, इनरवा , सनफुलवा, सिञ्चाई  वुथ लगायत वुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’ 

उम्मेदवार पुरुषोत्तम पौडेलले भने बारा २ मा भइरहेको उपनिर्वाचले गठबन्धन सरकारको माखौल उडाएको छ । स्वच्छ निर्वाचन गराउने माग गदै उनले भने, ‘म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ