arrow

रवि पुग्दा समर्थकले नाराबाजी गरेपछि चितवनको नयाँकिरण मावी मतदान स्थलमा तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
kiriyaputri-byelection-2080.jpg
तस्बिर– भरतपुर १२ मोहन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै किरियापुत्री विष्णु पौडेल, रासस ।

चितवन । चितवन–२ मा आइतबार प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचन भइरहेको छ । सोही क्रममा  भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावी मतदान स्थलमा भने केहीबेर तनाव भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने आएपछि उनका समर्थकले नाराबाजी गरेपछि नयाँकिरण मावी मतदान स्थलमा केहीबेर तनाव सृजना भएको हो । 

उम्मेदवार लामिछानेको पक्षमा उनका समर्थकले नाराबाजी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । 

लामिछानेका समर्थकको नाराबाजी र प्रहरीको बल प्रयोगले केहीबेर सो मतदानस्थलमा तनाव सृजना भएको थियो । अहिले स्थिति सामान्य रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ