arrow

उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
govinda-bhattarai-byelection-tanahu.jpg

तनहुँ । जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 

तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ बैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि शुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै समितिले स्पष्टीकरण सोधेको छ ।

‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि स्पष्टीकरण सोधिएको भन्दै जवाफ कस्तो आउँछ त्यसपछि सोही अनुसार छानबिन गरी अगाडि बढिने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ