arrow

रविका समर्थकले नाराबाजी गरेपछि घम्साघम्सी, सेनाको टोली मतदान स्थलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
ravi-jitnarayan-ramprasad.jpg

चितवन ।  चितवन क्षेत्र नं २ को ४३ मतदान केन्द्र मध्ये ४२ मा शान्तिपूर्ण मतदान भइरहेको छ । एक मतदान केन्द्रमा भने मतदान प्रभावित भएको छ ।  भरतपुर ११ मा रहेको एक विद्यालयको मतदान स्थलमा मतदान रोकिएको हो । 

केही समय सो स्थानमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुग्दा समर्थकले नाराबाजी गरेपछि गठबन्धन र नेकपा एमालेका कार्यकर्ताले प्रतिकार गरेका छन् ।  त्यसपछि होहल्ला हुँदा मतदान प्रभावित बनेको छ । केही समय घम्साघम्सी समेत भएको छ । 

घम्साघम्सी पछि  नेपाली सेनाको टोली मतदान स्थल पुगेको छ । सेनाले हाल सुरक्षा व्यवस्था कडा पारेको छ भने त्यसपछि भिड नियन्त्रणमा लिएको छ ।  

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । गत मङ्सिर ४ मा भएको निर्वाचनमा लामिछानेले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ भन्दा तेब्बर बढी मत पाएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

मतदाताहरू लाइनमा रहेका छन् । आज बारा, चितवन र तनहुँमा उपनिर्वाचन भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ