arrow

जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
ramprasad-yadav-jasapa-arrest-fake-ballet.jpg

बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधि सभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । 

मतदान गर्ने बेला नक्कली मतपत्रसमेत खसाल्दै गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । 

यसैबीच बारा २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले  बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले  विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् । 

‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ