arrow

उपेन्द्रले बुथ कब्जा गरेको सीकेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
uprndra-ck.JPG

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताले बुथ कब्जा गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले आरोप लगाएका छन् ।  मतदान केन्द्र घुम्न निस्केका राउतले जसपाले दुई वटा स्थानमा बुथ कब्जा गरेको आरोप लगाएका हुन् । 

उनले बाराका पचरौता नगरपालिका बेलडाडी र देबताल झिपकैया बुथमाबुथ कब्जा गरेको बताए।  दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिइएको उनले बताए ।

बारा क्षेत्र नं २ मा यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादव उठेका छन् । उनको प्रतिस्पर्धीमा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेल मुख्य रहेका छन् । यो स्थानमा यादवलाई कुशवाहाले हराउन सक्ने सम्भावना बलियो छ । 

 यो निर्वाचन यादवको लागि प्रतिष्ठाको विषय बनेको छ । यसअघि मङ्सिर ४ को निर्वाचन राउतसँग हारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ