arrow

उपनिर्वाचनमा यी हुन् मत हाल्न नपाउने उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
upanirwachan-2080a.jpg

काठमाडौं । यस उपनिर्वाचनमा धेरै उम्मेदवारहरूले आफैलाई मत हाल्न नपाउने भएका छन् । तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ तीन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान जारी छ । मतदाताको बाक्लो उपस्थितिसँगै मतदान चलिरहेको छ । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना उम्मेदवारले आफूलाई मत दिन पाउने छैनन् ।

चितवन क्षेत्र नं २ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफैँलाई मत हाल्न नपाउने भएका छन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा फरक भएकाले उनी आफैँलाई मत हाल्नबाट नपाउने भएका हुन् । चितवन-२ का उम्मेदवार रहेका उनको नामावली भने काठमाडौं-६ मा रहेको छ। 

तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा.स्वर्णिम वाग्ले आफैँले भने मत खसाल्ने छैनन्। उनको मतदाता नामावली काठमाडौंमा छ। बारा २ का रमेश खरेल पनि मत हाल्न पाउने छैनन् । उनको पनि मतदाता नामावली काठमाडौंमा छ।

चितवन क्षेत्र नं २ एमालेका रामप्रसाद न्यौपानेको पनि सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ । न्यौपानेको पनि नामावली चितवन ३ मा छ।

जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवको पनि मतदातामा नाम मोरङमा छ। उनी पनि आफूलाई मत दिन नपाउने उम्मेदवार हुन्। 

चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धी हुन् । 

बारा क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेल प्रतिस्पर्धीमा छन् । 

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि सांसद पद गुम्दा पुनः निर्वाचन गर्नुपरेको हो । तनहुँ १ मा कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन गर्नुपरेको हो । त्यस्तै बारा २ मा जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन गर्नुपरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ