arrow

रविले ठूला दलका नेताहरुलाई दिए धम्की 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
ravi-lamichhane-2080-01-010.jpg

काठमाडौं । उपनिर्वाचन अन्तर्गत चितवन २, तनुहँ १ र बारा २ को मतदान बिहान ७ बजेदेखि नै जारी रहेको छ । मतदान शुरु भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले चुनावी तालमेल कसैसँग नगरेको बताएका छन् । 

उनले सामाजिक संजालमार्फत भिडियो सन्देश दिँदै कसैसँग पनि तालमेल नगरेको भन्दै ठूला पार्टीका शीर्ष नेताहरुलाई धम्की दिएका छन् । 

उनले धम्कीको भाषा प्रयोग गर्दै आफ्ना फेक न्यूज कारखाना बन्द गर्नसमेत चेतावनी दिएका छन् । 

यसो लेखेका छन् रविले सामाजिक संजालमा
‘रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन। बारा, तनँहु र चितवन तीनै ठाउँमा भोट घण्टीलाई नै हो। ठूला पार्टीका ठूला नेताज्यू, आफ्ना फेक न्यूज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईंको राजनीति बन्द गर्छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ