arrow

रविले आफैँलाई भोट हाल्न नपाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
ravi-jitnarayan-ramprasad.jpg

काठमाडौं । चितवन क्षेत्र नं २ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफैँलाई मत हाल्न नपाउने भएका छन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा फरक भएकाले उनी आफैँलाई मत हाल्नबाट नपाउने भएका हुन् ।  चितवन-२ का उम्मेदवार रहेका उनको नामावली भने काठमाडौं-६ मा रहेको छ।  

एमालेका रामप्रसाद  न्यौपानेको पनि सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ । 

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । 

गठबन्धनका उम्मेदवार श्रेष्ठले कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरिसकेका छन् । 

गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । गत मङ्सिर ४ मा भएको निर्वाचनमा लामिछानेले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ भन्दा तेब्बर बढी मत पाएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ