arrow

राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको कामना

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
ramchandra-poudel-nepal-droupadi-murmu-india.jpg

नयाँदिल्ली ।  भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

भारतीय राष्ट्रपति मुर्मूले बिहीबार उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको दूतावासले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ