arrow

मोदीले गरे पौडेलको स्वास्थ्यलाभको कामना

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
pm-modi-bjp-gujarat.jpg

नयाँ दिल्ली ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बुधबार उनको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेल उपचारका लागि बुधबारदेखि भारतमा छन् ।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबार दिउँसोदेखि सुरु भएको दूतावासले जनाएको छ । 

चिकित्सकको निगरानीमा रहनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ