arrow

राष्ट्रपति अस्वस्थ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई मंगलबार त्रिवि अस्पतालमा भर्ना गरिएको हो । 

शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले अस्पतालमा भर्ना गरिएको बताए । उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उपचार जारी छ । गत साता पनि  पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । 

उनी उपचारपछि शीतल निवास फर्किएका थिए ।  उनको छातीमा  सङ्क्रमण भएको बताइएको छ ।  सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श गरिरहेका छन् ।  लामो समय औषधि सेवन गर्दा पनि छातीको सङ्क्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ